काठमाडौँ- सञ्चारकर्मी राजेन्द्र लुईटेल भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका छन्।
विगत दुई दशकदेखि सञ्चारमाध्यमको मार्फतबाट नेपाल भारत दैत्य सम्बन्ध विस्तार र विकासकालागि योगदान पुर्याएको कदर स्वरुप उक्त अवार्डबाट सम्मानित गरिएको हो।
भारतका ठूलो अवार्ड मध्यको यस अवार्ड पत्रकारिताको विकासमा क्रियाशिल व्यक्तीलाई प्रदान गरिदैँ आएको छ।
मुम्बई स्थित ताज होटलमा आयोजना भएको समारोहमा भारतका प्रतिष्ठित व्यक्तीहरूको उपस्थिति थियो।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९, ०८:३६:००