काठमाडौँ- सन् १९८८ मा स्थापना भएको लर्निङ रिल्म इन्टरनेश्नल अर्थात् एल.आर.आई स्कुल काठमाडौँको कलंकीमा रहेको छ। प्रत्येक वर्ष २ हजार भन्दा बढी विद्यार्थी यस स्कुलमा भर्ना हुने गरेका छन्।
एल.आर.आईमा अध्ययनरत शतप्रतिशत विद्यार्थी प्रत्येक वर्ष उत्तीर्ण हुन सफल भएका छन्। एलआरआई विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक डिजीटल पुस्तकालयकासाथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रवन्ध रहेको छ। एलआरआई विभिन्न विद्यालय स्तरका खेलकुद प्रतियोगीताहरुमा सहभागी हुँदै आएको छ।

एलआरआईले अन्तरविद्यालय बास्केटबल, क्रिकेट लगायतका थुप्रै प्रतियोगितामा उत्कृष्टता हासिल गरेको छ। एलआरआइले विद्यार्थीलाई शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ। भाषासँगै चित्रकला, बास्केटबल, फुटबल, फुटसलको तालिम पनि विद्यार्थीहरुलाई प्रदान गरिएको छ।
एलआरआई स्कुलमा पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित छन्। एलआरआईले काठमाडौँ महानगरपालिकाकाे सामुदायिक विद्यालयमा लागु गरेको बुक फ्रि–फ्राइडे पनि लागू गरेको छ। जस अन्तर्गत प्लम्बिङ ल्याब, ईलेक्ट्रिक ल्याब, सिलाई बुनाई सम्बन्धी ल्याब सञ्चालनमा ल्याएकाे छ।

एलआरआइले अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा २ देखि कक्षा १२ सम्म चाईनिज भाषा प्रशिक्षण समेत प्रदान गर्दै आएको छ। साथै स्कुलले विश्वका ६० भन्दा बढी देशमा म्याथमेटिक्सका लागि प्रभावकारी बन्दै गएको कुमुन शिक्षा प्रणाली नेपालमा पहिलो पटक लागू गरेको छ।