काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन दिएका ३५ जनाको दर्खास्त स्वीकृत गर्दै नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयअन्तर्गत गठित उपकुलपति सिफारिस समितिले काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ बमोजिम प्राप्त आवेदनहरूको परीक्षणपछि योग्यता पुगेका ३५ जना आवेदकको दर्खास्त स्वीकृत गरेको हो।
सिफारिस समितिको सोमबार बसेको बैठकले दर्खास्त स्वीकृत गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। समितिले निर्णयअनुसार स्वीकृत नामावली सार्वजनिक सूचना मार्फत प्रकाशन गरेको हो।
स्वीकृत सूचीमा सुबोध शर्मा, रोजी श्रेष्ठ, शेषानन्द सञ्जेल, एकराज ओझा, राजेन्द्र ज्ञवाली, बालचन्द्र लुइँटेल, मनिष पोखरेल, प्रचण्डमान प्रधान, ऋषिकेश पाण्डे, समिर खरेल, सुनिलकुमार जोशी, निरञ्जन पराजुली, सागरराज शर्मा, कन्हैया झा, माधव लम्साल, धिरज गिरी, वेदमणि दाहाल, दयाराम पोखरेल, रबिन्द्रप्रसाद कायस्थ, हरिप्रसाद न्यौपाने, ध्रुवप्रसाद गौचन, संजयनाथ खनाल तथा भुपालगोविन्द श्रेष्ठ रहेका छन्।
यस्तै, रबिन्द्र विष्ट, विकास नकर्मी, राजेन्द्र जोशी, भिमप्रसाद श्रेष्ठ, अच्युतप्रसाद वाग्ले, बिराज सिंह थापा, विवेक बराल, लोचन रिजाल, रिजनभक्त कायस्थ, जनार्दन लामिछाने, बालकृष्ण बल र रामकृष्ण रेग्मीको आवेदन पनि स्वीकृत भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अब कार्यविधिमा उल्लेखित मूल्याङ्कन तथा छनोट प्रक्रिया पूरा गरी स्वीकृत आवेदकमध्येबाट काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपति सिफारिस गरिनेछ।
