काठमाडाैँ - सरोकारवालाहरुले नेपालको उच्च शिक्षा निति नै स्पष्ट नरहेको बताएका छन्। काठमाडौँ स्थित साउथ वेस्टर्न स्टेट कलेजमा नेपाल हायर ऐडुकेशन फाउण्डेशनको दोस्रो औपचारिक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उच्च शिक्षा नीति नै स्पष्ट नरहेको बताएका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे त्रिभुवन विश्वविद्यालयका पूर्व भीसि प्राडा तीर्थराज खनियाले संसारमा युनिभर्सिटीको परिभाषा र मानव सभ्यतामा युनिभर्सिटीकाको उच्चतम महत्व रहेको बताइन्। उनले पहिला इटलीको बोलोग्ना युनिभर्सिटीमा विद्यार्थीले तलबको व्यवस्था गरी चलाएर विकृति उत्पन्न भएकै कारण स्थानिय सरकारले हस्तक्षेप गरी तलब सुविधा निकायबाट दिई पुनः सञ्चालन गराएको इतिहास बताइन्।
खनियाले वर्तमानमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र ब्रिटेनकी प्रधानमन्त्री मार्गरेट थ्याचरले युनिभर्सिटीले आफ्नो आर्थिक स्रोत जुटाउँदै लगेर कोर्ष निर्माण गर्नुपर्ने बताइन्। उनले भनिन्, 'अब आर्थिक सबलीकरण गर्न जरुरी छ। मोडालिटिमा लग्दा विश्वमा विद्यार्थीले क्षमता अनुसारको शुल्क तिरेर चाहिएको शिक्षा आर्जन गर्न पाउछन्। जुन नेपालमा पनि आवश्यक छ। प्रविधिको विकास पनि थप्नुपर्दछ। त्यसकारण त्रिवि लगायत नेपालका उच्च शिक्षाले चुनौतिलाई सामना गर्दै शिक्षाको महंगीलाई धान्न सक्ने पाठ्यक्रम निर्माण गर्नुपर्छ।'
उनले प्रविधिले शिक्षामा मानवता घट्दै गएको अनुभव सुनाउँदै नेपालका विद्यार्थीलाई पढाईसँगै रोजगार पनि पाउने वातावरण निर्माण गर्नुपर्ने बताइन्। उनले नेपालमा नयाँ युनिभर्सिटि थोरै पूर्वाधार खोल्नुभन्दापनि त्रिविकै मातहतका क्याम्पसहरुलाई परिमार्जन गरि विदेशी युनिभर्सिटीमा जस्तै विषय नेपालमै शुल्क तिरेर पढ्ने अवस्था भए विद्यार्थी विदेशीने क्रम घट्ने बताइन्।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे सुदूरपश्चिमाञ्चल विश्वविद्यायलका निवर्तमान भीसि प्राडा अम्मराज जोशीले शिक्षाको मूलमर्म मानव मस्तिष्कलाई तालिम दिनु बताए। उनले सरकारको शिक्षा नीति र उच्च शिक्षाको भीजन प्रष्ट नभएको विचार व्यक्त गर्दे मानवशास्त्रको जनशक्तिले आयुर्वेदको नेतृत्व गरिरहेको विकृति औँल्याए।
त्यस्तै, डा.मोहनप्रसाद तिमल्सिनाले हाम्रो पाठ्यक्रम नेपालको आस्था, आवश्यकता अनुसार बन्नुपर्ने बताउदै शिक्षानिति ठोस नरहेको बताए। उनले नयाँ विश्वविद्यालय केवल जागिर खाने अड्डा सावित भइरहेको बताए।
त्रिवि योजना निर्देशनालयका पूर्व निर्देशक डा.ऋदिश पोखरेलले विदेशमा मात्र पाठ्यक्रम राम्रो छ भन्ने भाष्य निर्माण भएकोमा हाम्रो सिकाई अनुसन्धानमा आधारित नभई घोकन्ते भएको बताए। पोखरेलले त्रिविलाई बजेटको अभावमा व्यवस्थापन गर्न नसकेको बताए।
नेपालका पूर्व सचिव दामोदर रेग्मीले नेपालमा मेरिटोक्रेसी राम्रो भएपनि सरुवाको प्रावधान गलत रहेको बताउदैँ युवाको भविष्य यहाँ असुरक्षित रहेको कारण रोेजगार हुनुपर्ने बताए।