काठमाडाैँ- कार्यक्रम व्यवस्थापन संघ, नेपालको ५ औँ वार्षिक साधारण सभा तथा विशेष सम्मान समारोह भव्य रुपमा सम्पन्न भएको छ। काठमाडाैँकाे राष्ट्रिय नाचघरमा आयाेजित कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएकाे हाे।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्थ समितिका सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईति नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यता रहेकाे थियाे। सोही अवसरमा भारतको प्रतिष्ठित संस्था युनीभर्सल वल्ड रेकर्डसबाट नेपालकी वरिष्ठ समाजसेवी एंव माईती नेपालकी संस्थापक कोइरालालाई संस्थाकी प्रमुख एवं एब्रेल्स भारत टाईम्सकी चिफ ईडिटर डा.शिखा नरुला, भारतकी प्रतिष्ठित व्यवसायी एवं संचार उद्यमी मनिष सिंह, सहित प्रमुख अतिथी र विशेष अतिथीबाट वल्ड रेकर्डको प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बाेल्दै अध्यक्ष दाहालले कुनै पनि कार्यक्रम सफल्तापूर्वक सम्पन्न हुनको लागि व्यवस्थापककाे ठूलो हात हुने बताए। उनले यस संघले आयोजना गर्ने कार्यक्रमहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको कला, सांस्कृतिक झल्काउने कार्यक्रम आयोजना गर्ने अपेक्षा राखेको बताए। दाहालले यस खालको संघले आफ्नो संस्था बाहेक अन्य संस्थाको समेत छवि उच्च पार्न महत्वपूर्ण भूमिका खेल्नेमा जाेड दिए। यसका साथै उनले यस संघलाई कुनै पनि कार्यक्रम आयाेजना गर्दा नेपालको कला सांस्कृति, परम्परा, भेसभुसा झल्कने खालको कार्यक्रम आयोजना गर्न आग्रह गरे।
कार्यक्रममा करिव डेढ दर्जन नेपाल र भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो। नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वरिष्ठ महिला उद्यमी एवं समाजसेवी शोभा गुरुङ्ग, गायिका एवं संगीतकार तृप्ति खड्का गुरुङ्ग, मोडल विजय गुरुङ्ग, समाजसेवी समिक्षा गुरुङ्ग, गायिका पूजन काफ्ले ,गायिका सुमी पराजुली, सौन्दर्यकर्मी चन्दा पुन, फेशन डिजाईनर दिना गुरुङ्ग, मोडल प्रतिक्षा काफ्ले, कोरियोग्राफर सन्दिप भुजेल, चलचित्र निर्देशक मुस्कान ढकाल, वरिष्ठ गीतकार हरि उप्रेती, वरिष्ठ अभिनेता पवन खतिवडा (बाबा), मोडल प्रज्वलराज भट्ट, शिक्षासेवि एवं शैक्षिक परामर्श दाता हेमन्तराज दुलाल, शैक्षिक परामर्शदाता अनिल शर्मा पौडेल लगायतलाई विशेष सम्मान प्रदान गरिएको थियो।
सो प्रमाण पत्र नेपालबाट पहिलो पटक पाउनेमा कोईराला सहित नेपाल चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकी प्रमुख उर्मिला श्रेष्ठ, फेयर एक्सप्रेस मिडियाका प्रवन्ध निर्देशक एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राजेन्द्र लुइटेल) राजलाई प्रदान गरिएको थियो। यसै गरि सोही अवसरमा वर्षभरी संघलाई उत्कृष्ट योगदान दिने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो।
कदर पत्र प्राप्त गर्नेमा एएनपी मिडिया हाउसका लव बहादुर कार्की, प्याजेन्ट नेपालका राज लुईटेल, कान्तिपुर फेशनकी सावित्रि ढुंगाना, निकिला मिडियाका सोनीतराज ढुंगेल, मृगतृष्णा फेशनकी तृष्णा गुरुङ्ग, फेयर मिडियाका अध्यक्ष विपिन पाेखरेललाई कदरपत्र प्रदान गरिएकाे थियाे।