काठमाडाैँ - गोरेटो एजुकेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलले भिसा सहजताको हिसाबले पछिल्लो समय नेपाली विद्यार्थीहरुले शैक्षिक गन्तव्य फेरिदैँ गएको बताएका छन्। उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अर्न्तगतको एनओसी शाखाको विवरण अनुसार पछिल्लो समय विद्यार्थीहरुले भिसा प्रक्रिया सहज हुने मुलुकहरुमा भिसा एप्लाई गर्ने गरेकाे बताएका हुन्।
उनले उच्च शिक्षा अध्ययनको लागी जापान र यूकेको भिसा प्रक्रिया तुलनात्मक हिसाबले सहज हुने भएकोले पछिल्लो समय विद्यार्थीको आकर्षण बढेकाे बताए। 'पछिल्लो केहि वर्षदेखी क्यानडा, अमेरिका लगायतका देशहरुमा भिसा पोलीसी परिवर्तन, भीसा रिजेक्सन, प्रक्रियामा कठिनाइ जस्ता विविध कारणले विद्यार्थीहरुको रोजाइको गन्तव्य फेरिएका छन्। नयाँ पुस्ताले संसारको सबै अवसरलाई फरक - फरक रुपमा अवोलकन गर्न चाहन्छन्।' उनले भने, 'देशमा यूवा टिकाउन देशले पनि आधुनिक स्राेत साधनको विकास गर्नुपर्छ। देशबाट आईटी, टेक्नोलोजी, नर्सिङ, हेल्थ केयर, हस्पिटालिटि अर्न्तगतका विषय अध्ययन गर्ने विद्यार्थीहरु बढी बाहिरिएका छन्।'
विद्यार्थीले अध्ययनको लागी विदेश जाँदा भिसा प्रक्रिया, आवश्यक कागजपत्र, लागत खर्च, भौतिक शैक्षिक वातावरण, भाषाको ज्ञान, यूनिभर्सिटी, कलेज र विषयगत जानकारी, जानु अघि गर्नुपर्ने पूर्वतयारी, शैक्षिक नीति लगायतका सम्पूर्ण विषयबारे जानकार हुनुपर्ने उनकाे भनाइ छ। छोराछोरीलाई उच्च शिक्षा अध्ययनको लागी विदेश पठाउदैँ गर्दा अभिभावकहरुले आफ्नो आर्थीक हैसियतको आधारमा विषय र विश्वविद्यालय छनोट गर्नुपर्ने कंडेल बताए।
साथै उनले सामान्यता विद्यार्थीले मेरिट बेसमा मात्र छात्रवृतिको अवसर प्राप्त गर्ने भएकोले अभिभावकले आवश्यक परेको खण्डमा लगानी गर्न सक्ने विषय र विश्वविद्यालयको छनोट गर्न सुझाव दिए।