काठमाडाैँ - नेपालमा उच्च शिक्षा अध्ययनको लागि इन्जिनियरिङ शिक्षातर्फको विषय छनोटमा विद्यार्थीहरु अन्योलमा पर्ने गरेका छन्। त्यस्तै विषय छनोटमा मात्र नभई अध्ययन पश्ताच् रोजगारी र अवसरको खोजीमा विद्यार्थीहरु देशविदेश भौतारिने गरेका छन्। साथै इन्जिनियरिङ लगायत प्राविधिक शिक्षा तर्फ महिला सहभागिता कम रहेको विषयमा पनि आवाज उठ्दै आएको छ। तर यस विषयबारे ठोस समाधानको उपाय खोजी हुन सकेको अवस्था छैन।
नेपालको इन्जिनियरिङ शिक्षातर्फ कुन विषयमा विद्यार्थीको आकर्षण बढेको छ ? विद्यार्थीले कलेज छनोट गर्दा ध्यान दिनुपर्ने कुरा, इन्जिनियरिङ शिक्षा अध्ययन पश्चात रोजगारीको अवसर लगायतको विषयमा सगरमाथा ईन्जिनियरिङ कलेज/ सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी कलेजकी प्रिन्सिपल दक्षिणा श्रेष्ठसँग गरिएको कुराकानिको मुख्य अंश।
नेपालमा इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण कुन विषय तर्फ छ ? उक्त विषयमा आर्कषण बढ्नुको कारण के हो ?
पछिल्लो समय नेपालको इन्जिनियरिङ शिक्षा तर्फ सिभिल र कम्प्युटर इन्जिनियरिङ विषय विद्यार्थीमाझ लोकप्रिय छ। सरकारी तथा निजी निर्माण योजनाहरूमा रोजगारी र अवसरको सम्भावना बढी भएकाले सिभिल इन्जिनियरिङ तर्फ विद्यार्थीको आकर्षण बढ्दो छ। यस बाहेक नेपालमा डिजिटल उपकरणहरूको विकासले अन्य विषयतर्फ पनि विद्यार्थीहरुले चासो व्यक्त गर्न थालेका छन्।
सिभिल र कम्प्यूटर इन्जिनियरिङ विषय नेपालमा इन्जिनियरिङ शिक्षा सुरुवात भएदेखी नै थोरै धेरै विद्यार्थीको रोजाइमा पर्दै आएका छन्। तर इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आर्किटेक्चर, बीएसी सीएसआईटी र मेकानिकल इन्जिनियरिङ जस्ता विषयतर्फ भने बजारको आवश्यकता अनुसार विद्यार्थीको संख्या पनि तलमाथि हुने गरेको छ। आजको युग डिजिटल युग हो। विश्वले तीव्ररूपमा सूचना प्रविधिको विकास गर्दैगर्दा नेपाल पनि यो यात्रामा पछि परेको छैन। डिजिटल नेपाल, एआई र डिजिटल क्रान्तिको धार समात्दै, नेपालका युवाहरू आईटी क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका छन्।
भर्खरमात्र परिषद्ले नेशनल एआई पोलिसि पास गरेको छ। नेपालको प्राविधिक क्षेत्रको लागि यो अर्को नयाँ फड्को हो। सरकारले प्राविधिक क्षेत्रमा गरेको योगदान, लगानी र समग्र परिवर्तनको कारण डिजिटल शिक्षा प्रति विद्यार्थीको आकर्षण बढेको हो। त्यस्तै नेपालको कुल जीडीपीको १ ़५ प्रतिशत योगदान आईटी क्षेत्रबाट भएकोले प्राविधिक तथा डिजिटल क्षेत्रमा आर्कषण बढ्दो छ।
विद्यार्थीले नेपालमा गुणस्तरीय शिक्षा आर्जनको लागि कलेज छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरु के - के हुन् ?
विद्यार्थीहरुले कलेज छनोट गर्दा कलेजको शैक्षिक प्रणाली, व्यवस्थापन टीम, शिक्षकहरूको अनुभव, भौतिक शैक्षिक पूर्वाधार र व्यवहारिक शिक्षण शैली लगायत विविधि विषयमा ध्यान दिनुपर्दछ। साथै कलेजको वातावरण शान्त, अनुशासित र विद्यार्थीमैत्री हुनु जरुरी छ। पछिल्लो समय रोजगार र अवसर हासिल गर्नको लागि ईन्टनसीप अनिवार्य हुने भएकोले यस विषयलाई विद्यार्थीले पहिलो प्राथमिकतामा राख्न जरुरी छ। प्रतिस्पर्धात्मक बजारमा किताबी ज्ञान मात्र काफी हुँदैन। त्यसकारण विद्यार्थीले कलेज छनोट गर्दा व्यवहारिक साथै जीवनोपयोगी डिजिटल शिक्षा, पढाइमा प्रयोग हुने नयाँ प्रविधि, परियोजनामूलक कार्यहरु र विद्यार्थीको प्रतिक्रियालाई समेत प्राथमिकता राखी काम गर्ने कलेज छनोट गर्नुपर्दछ।
गुणस्तरीय शिक्षाको अर्को पाटो अतिरिक्त क्रियाकलाप पनि एक हो। विद्यार्थीहरूलाई पढाइको अलवा सांस्कृतिक कार्यक्रम, टेक्निकल फेयर, क्लबहरू, खेलकुद आदि गतिविधिहरूले समग्र व्यक्तित्व विकासमा टेवा पुर्याउछ। त्यस्तै विद्यार्थी कलेज छनोट गर्दा सामान्य कुरा जस्तैः इन्टरनेट, क्यान्टिन, खेलमैदान, पुस्तकालय, यातायात सुविधा लगायतको विषयमा पनि ध्यान दिनुपर्छ।
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीले अध्ययनपश्चात् नेपाल मै अवसर पाएका छन् कि छैनन् ? ईन्जिनियरिङ शिक्षाका अवसर र रोजगारीका क्षेत्रहरु के - के हुन् ?
नेपालमा इन्जिनियरिङ अध्ययन पूरा गरेपछि सबैका लागि समान रूपले अवसरहरू खल्ला छैनन्। इन्जिनियरिङ अध्ययन संस्था, सीप, अनुभव र व्यक्तिको सक्रियता माथि भर पर्छ। पछिल्लो समय अध्ययन पश्चात् नेपालमा उपलब्ध रोजगार र अवसरका कारण युवाहरूले नेपालमै करियर खोज्न थालेका छन्। लोकसेवा आयोग मार्फत सिभिल, इलेक्ट्रिकल, मेकानिकल, आर्किटेक्चर इन्जिनियरिङमा सरकारी क्षेत्रमा स्थायी जागिरको अवसर छ। सिभिल इन्जिनियरिङ सम्बन्धी निर्माण कम्पनीहरूमा रोजगारीको माग पनि उल्लेखनीय छ।
कम्प्युटर, सफ्टवेयर र आईटी सम्बन्धी इन्जिनियरहरूका लागि टेक कम्पनी, बैंकको आइटी विभाग, क्लाउड सर्भिस, डेटा सेन्टर र डिजिटल सेवा प्रदायक संस्थाहरूमा अवसरहरू उपलब्ध छ। तुलनात्मक हिसाबमा हालको समयमा धेरै युवाहरूले आइटी र कम्प्युटर क्षेत्रमा आफैँ स्टार्टअप सुरु गर्न थालेका छन्। उनीहरु फ्रील्यान्सर मार्फत घरमै बसेर अन्तर्राष्ट्रिय काम गर्ने गर्छन्। नेपालमा स्थापित बीपीओ (विजनेस प्रोसेस आउटसोर्सिङ र सफ्टवेयर प्रोसेस आउटसोर्सिङ) जस्ता कम्पनीहरूले विदेशी उपभोक्ताहरुको लागि सेवा दिने क्रम बढ्दै गएको छ। यी सबै क्षेत्रहरु प्राविधिक जनशक्ति आवश्यक पर्ने क्षेत्र हुन्। जसबाट नेपालमा ईन्जिनियरिङ शिक्षा अध्ययनपश्चात प्रशस्त अवसर छन् भन्ने प्रष्ट हुन्छ।
सगरमाथा इन्जिनियरिङ कलेजले विद्यार्थी छात्रालाई विशेष सुविधा र छुट दिने गरेको छ भन्ने सुनिन्छ नि ? यस बारे के भन्नुहुन्छ ?
हो, सगरमाथा इन्जिनियरिङ कलेजले लामो समयदेखी छात्रा विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिदैँ आएको छ। हाल सगरमाथा इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विषय अध्ययन गर्ने विद्यार्थीहरू मध्ये ४० प्रतिशत भन्दा बढी छात्रा विद्यार्थीहरु छन्। यस कलेजले विगत ५ वर्षदेखि भर्नाको समयमा छात्रा विद्यार्थीहरूलाई विशेष छात्रावृत्ति प्रदान गर्दे आएको छ।
हाल सगरमाथामा कम्प्युटर इन्जिनियरिङ सोसाइटी, सगरमाथा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज तथा नेपाल तराई विद्यार्थी नवजागरण समाजमा अध्यक्ष पदमा छात्राहरू नै छन्। तिनै छात्राको नेतृत्वमा विभिन्न अतिरिक्त क्रियाकलापहरूको आयोजना हुने गरेको छ। नेपालमा इन्जिनियरिङ संस्थाको नेतृत्वमा महिलाको सहभागिता न्युन छ। महिलाहरू यस विधामा नेतृत्वको भूमिकामा ल्याउन र थप प्रेरणा तथा हौसला प्रदान गर्नको लागि सगरमाथा इन्जिनियरिङ कलेजले छात्रा विद्यार्थीलाई विशेष प्राथमिकता दिएको हो।
विद्यार्थीले सगरमाथा इन्जिनियरिङ कलेजलाई किन रोज्ने ?
सगरमाथा कलेजमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु नेपालमा थुप्रै निजामती सेवा, आईटी कम्पनि लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरुमा आवद्ध छन्। त्यस्तै सगरमाथाका विद्यार्थी विश्वको प्रसिद्ध आईटी कम्पनि मेटा गुगल जस्ता कम्पनिमा समेत कार्यरत छन्। यस कलेजले विद्यार्थीहरुलाई इर्न्टनसिप र प्लेसमेन्टको लागि २५ भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग सहकार्य गर्दे आएको छ।
सगरमाथा इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ क्षेत्रका कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण रहेको छ। यस कलेजले इन्जिनियर बन्ने सपना बोकेका इमान्दार, जेहेन्दार विद्यार्थी जसको आर्थिक अवस्था कमजोर रहेको छ भने उनीहरूलाई छात्रावृत्तिको व्यवस्था गरेको छ। साथै यस कलेजले छात्रा विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिने गरेको छ।
यसका अलवा यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवनपयोगी शिक्षा प्राप्त हुन्छ। यस कलेजले विद्यार्थीहरूलाई राष्ट्रिय र विश्वव्यापी बजारको उच्च गुणस्तर ईन्जिनियरिङ शिक्षा प्रदान गर्ने उदेश्य बोकेको छ। यस कलेजले विद्यार्थीलाई समयमै परीक्षा लिने, उनीहरूलाई प्रयोगात्मक शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिने गरेको छ।
