काठमाडाैँ - भ्रष्टचार, अव्यवस्थाको विरुद्ध जेन्जीहरुको आन्दोलनपछि मुलकले नयाँ प्रधानमन्त्रीको रुपमा पूर्वप्रधान न्यायाधिस सुशिला कार्कीलाई पाएको छ। सेप्टेम्बर ८ मा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न प्रमुख शहरहरुमा भएको जेन्जी आन्दोलनले नेपालको राजनीतिमा उथलपुथल मच्याएको हो। यस आन्दोलनबाट अहिलेसम्म ७२ जना निर्दोस व्यक्तीहरूको मृत्युभइसकेको छ। जसमा ५९ जना प्रदर्शनकारी १० जना कैदिबन्दी र ३ जना सुरक्षाकर्मीको निधन भइसकेको छ। अहिले पनि विभिन्न अस्पतालमा एक हजार भन्दा बढी घाइतेहरु उपचाररत छन्।
जेन्जी आन्दोलनकारीहरुबाट राज्यसत्ताका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचना पूर्णरुपमा जलेर ध्वस्त भएका छन् भने नवनियुक्त प्रधानमन्त्री शुसीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेसँगै संसद विघटनको निर्णयमा हस्ताक्षर गरिसकेकी छन्। देश केही दिन राज्यबीहिनताको अवस्थाबाट गुज्रीन पुग्यो। फलस्वरुप देशभरबाट १३ हजार भन्दा बढी कैदीबन्दी कारागारबाट फरार भए। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जेलबाट निस्कीए र पुनः विवाद भएपछि उनी नख्खु कारागारमा फर्किएका छन्।


राजनीतिक परिवर्तनका लागि जेनजी युवाले गरेको प्रदर्शनबाट ठूलो जनधनको क्षति हुन पुगेको छ। राज्य सोकमा डुवेको छ। राज्यका अंगहरू विस्तारै सक्रिय बन्दैछन्। यस बीचमा नेपाली सेनाले संयोजनकारी भूमिका निर्वाह गर्दा देशले निकास भने पाएको छ। अब प्रधानमन्त्रीसँग जनपक्षिय मन्त्रीमन्डल बनाउँदै भत्किएका संरचना पूर्ननिर्माण गर्न र फागुन २१ गते तोकिएको निर्वाचन पूराना राजनीतिक दललाई साथमा लिएर सम्पन्न गर्न चुनौतीपूर्ण छ। मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रका सबै मन्त्रालयहरूको संरचना जलेर ध्वस्त भएको छ।

आगजनीबाट प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय लगायतका मन्त्रालय पूर्णरुपमा क्षतिग्रस्त छन्। संसद् भवन, राष्ट्रपति कार्यालय, अदालत, प्रहरी कार्यालय, पार्टीका नेताका घर, राजनीतिक पार्टी कार्यालयहरु तोडफोड सहित आगजनी भएका छन्। यो पुस्ताले राजनीतिक दलमाथिको आक्रोसलाई सडकबाटै विध्वस्त मच्चाएर उतारेको छ।
अहिलेसम्मका उपलब्धिहरूलाई संस्थागत गर्न नसकेका पाका र पुराना दलहरूमाथि भर्खरै राजनीति बुझ्दै गरेका जेन्जी पुस्ताहरुले उठाएको प्रश्नको फलस्वरूप देशमा राजनीतिक उथलपुथल भएसँगै पहिलोपटक अन्तरिम सरकार प्रमुखको रुपमा महिला प्रधानमन्त्री शुशिला कार्कीलाई पाएको छ। नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले भदौँ २७ गते शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी थिइन्।


उनले शपथ लिएको भोलिपल्ट नै पर्दशनको क्रममा घाइते भएका उपाचररत यूवाहरुलाई ट्रमा सेन्टर, सिभिल अस्पतालमा गई प्रत्यक्ष रुपमा भेट गरेकी छन्। यस्तै उनले आज भदौँ २९ गते आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन्। पदभार ग्रहणसँगै प्रधानमन्त्री कार्कीले प्रर्दशनको क्रममा मृत्यु भएका युवाहरुलाई शहिद घोषणा गर्नुका साथै मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय समेत गरेकी छन्।
को हुन् शुसीला कार्की ?

सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीशको रुपमा २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म कार्यभार सम्हालेर इतिहास रचेकी शुसीला कार्की अहिले नेपालको प्रधानमन्त्री बनेकी छन्। कार्की न्यायपालिका हुँदा भ्रष्टाचारविरूद्ध खरोरुपमा उत्रिएकै कारण युवाको रोजाइमा पर्न सफल भएकी हुन्।
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई नेतृत्वमा ल्याउन प्रधानसेनापति अशोक सिक्देल र जेनजी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङले सहमति गरेका थिए।
को हुन् सुदन गुरुङ ?

नेपालको विरोध प्रदर्शनको अग्रपङ्क्तिमा रहेका सुदन गुरुङले भूकम्पपछिको पुनःस्थापना र आपतकालीन अवस्थामा सहयोग गर्ने हामी नेपाल संस्थाका अध्यक्षको रूपमा काम गर्दे आएका छन्। गुरुङले लामो समयदेखीे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठनहरुसँग आवद्ध हुदैँ बाढी, पहिरो र भूकम्पबाट प्रभावित समुदायहरूका लागि सहयोग गर्दे आएका थिए। पछिल्लो समयइभेन्ट म्यानेजरको रूपमा काम गर्दे आएका गुरुङले सन् २०१२ को भूकम्पपछि सामाजीक कार्यमा सक्रियता बढाएका हुन्। गुरुङले सन् २०२० सालमा हामि नेपाल संस्थाको स्थापना गरेका हुन्। हाल यस संस्थामा देश तथा विदेश भरिमा १ हजार ६सय भन्दा बढी सदस्यहरू काार्यरत छन्।
उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि भन्दै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा आन्दोलनको नेतृत्व गरेका थिए। त्यसबेला अहिलेका धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग विवाद भएको थियो। जेनजीका अगुवा एवं ‘हामी नेपाल’का अभियन्ता सुदन गुरुङले जेन्जी आनदोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरे। युवाको मागलाई जोड्दै सेना र राष्ट्रपतिसँग भएका वार्तामा सुरुदेखि नै प्रत्यक्ष रुपमा संलग्न थिए। देशलाई एउटा निकास दिन उनले महत्वपूर्ण भूमिका खेलेका छन्।

उनले आफ्नो सास रहेसम्म युवाहरूको आवाजलाई मर्न नदिने बताएका छन्। उनले भ्रष्ट नेतालाई कुनैपनि हालतमा नछाड्ने र युवाको एक एक थोपा रगतको बदला लिने बताए।साथै उनले नेताहरूको दबाबमा आफूहरूको माग सम्बोधन नगरिए फेरी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
यो परिस्थितिबाट बाहिर निस्कदै सरकारले आफ्नो कामको गति लिन आवश्यक छ। आन्दोलनमा शहिद भएका परिवारलाई पनि साथ लिएर अघि बढ्दै शहिद तथा घाइतेहरुको घाउमा मलम लाउन यस सरकार उद्धत हुनुपर्छ। नेपाली जनताको आशामा तुसारापात हुन नदिन र जनभावना अनुसार अघि बढ्दै सबैलाई मिलाएर लान सके शहिदको आत्माले पनि शान्ति पाउनेछ।