काठमाडौँ- चीनमा एमबीबीएस अध्ययनका लागि नेपाली विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ। चीनको मेडिकल शिक्षा, नेपाली विद्यार्थीहरुले गर्नुपर्ने तयारी लगायतका विषयमा विगत २७ वर्ष देखि मेडिकल अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालयसँग समन्वय गरि नेपाली विद्याथीहरुलाई सहजिकरण गर्दै आएको एजुकेशन नेटवर्क प्रालिका प्रबन्ध निर्देशक एचबी क्षेत्रीसँग गरिएको कुराकानी :
चीनमा मेडिकल शिक्षा अध्ययनको अवस्था कस्तो छ?
हामीले विगत २७ वर्ष देखि नेपाली विद्यार्थीहरु मेडिकल अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालयमा पठाउँदै आएका छौँ। पछिल्लो समय चीन सरकारले मेडिकल शिक्षालाई प्राथामिकता दिँदै गुणस्तरीयतामा समेत अभिवृद्धि गरेको छ। हाल चीनले ४५ वटा मेडिकल कलेजमा मात्र अन्तराष्ट्रिय विद्यार्थीहरु भर्ना लिने गरेको छ। विगतमा नेपाल लगायतका मुलुकबाट विद्यार्थीहरु एमबीबीएसअध्ययनका लागि सहजै जान सक्ने अवस्था रहेको थियो।
चीन सरकारले गुणस्तरीय मेडिकल शिक्षामा जोड दिँदै दक्ष जनशक्ति उत्पादन गर्ने विषयलाई प्राथमिकता दिएपछि अब प्रयाप्त पैसा हुँदैमा सहजै एमबीबीएस अध्यन गर्न नपाउने अवस्था पनि आएको आएको छ। यसबाट स्पष्ट हुन्छ कि विद्यार्थी विश्वविद्यालयमा जाँदैमा सहजै पास भएर आउने अवस्था नहुन पनि सक्छ। विद्यार्थीले अध्ययन गर्न नसकेमा फिर्ता गरेकोसम्म उदाहरण रहेको छ। चीनको एमबीबीएसलाई बिगतमा नेपालमा सहजैरुपमा लिने गरिए पनि विश्वभरका विद्यार्थीहको आर्कषण चीन तर्फ हुने गरेको छ। त्यसैले नेपाली विद्यार्थीहरुका लागि मेडिकल त्यसमा पनि एमबीबीएस अध्ययनकालागि चीन महत्वपूर्ण गन्तब्यका रुपमा रहेको छ।
हालै मात्र कुनमिङ मेडिकल विश्वविद्यालयका पदाधिकारीहरु नेपालमा आएर विद्यार्थीहरुलाई परामर्श प्रदान गरेका छन्, यो विश्वविद्यालयमा नेपालीहरुको आकर्षण कस्तो छ?
सन् २०११ देखि हामीले मेडिकल अध्ययन गर्न चाहाने नेपाली विद्यार्थीहरुलाई यस विश्वविद्यालयमा पठाउँदै आएका छौँ। यस विश्वविद्यालयबाटअध्ययन गरेका नेपाली विद्यार्थीहरु हाल नेपालका विभिन्न स्वास्थ्य प्रतिष्ठान एंव अस्पातलहरुमा मात्र होइन अन्य देशहरुमा समेत मेडिकल अभ्यास गरिरहेका छन्। विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको अल्मुनाई समेत गठन भैसकेकोछ। विश्वविद्यालयका उच्च पदाधिकारी समेतको सहभागितामा अल्मुनाईको बैठक काठमाडौँमा हालै सम्पन्न समेत भैसकेको छ। यस बाटपनि यो विश्वविद्यालय नेपालीहरुका लागि नयाँ होइन भन्नेपुष्टि हुन्छ।
सन् १९३३ मा स्थापना भएको यस विश्वविद्यालय आफैमा ऐतिहासिक पनि रहेको छ। नेपालका वीर अस्पतालसँग पनि यस विश्वविद्यालयले सहकार्य गरेको छ। वीर अस्पतालको निमन्त्रणमा सो प्रतिनिधीमण्डल नेपाल आएको मौका छोपी हामीले सेमिनारको समेत आयोजना गर्ने अवसर प्राप्त गरेका हौँ। त्यसैले धेरै पुरानो विश्वविद्यालय त्यसमा पनि नेपाली जान थालेको झण्डै १४ वर्ष हुदाँ, सोही विश्वविद्यालयबाटअध्ययन सकेका विद्यार्थीहरुका कारण पनि नेपाली विद्यार्थीहरुमा आकर्षण बढेको हो।
नेपालमा चीनको एमबीबीएस अध्ययनलाई त्यति धेरै महत्व दिइदैन नी?
विगतमा चीन सरकारले धेरै भन्दा धेरैले आफनो देशमा आएर अध्ययन गरुन भन्ने उद्देश्य राखेको थियो। त्यसक्रममा गुणस्तरीयताको विषय उठेको हुन सक्छ। आज चीन विश्वको दोस्रो अर्थतन्त्रका रुपमा उदाएको छ। हरेक क्षेत्रमा गुणस्तरीयता कायम गर्दै चीन अघि बढेको देखिन्छ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा चीनको प्रगती लोभ लाग्दो देखिन्छ। मेडिकल शिक्षालाई गुणस्तरीय बनाउने विषयमा चीनले जोड दिएको छ। पछिल्लो समय गुणस्तरीय विद्यार्थी भित्रयाउने नीति चीनले लिएको छ। त्यसले गर्दा पैसा तिर्दैमा एमबीबीएस अध्ययन गर्न जान पाइन्छ भन्ने अवस्था छैन।
अब उनीहरुलाई विदेशी विद्यार्थी आउन नआउन भन्दा पनि गुणस्तर र सक्षम विद्यार्थी आउन भन्ने नीति रहेको छ। पैसा भएर पनि भर्ना गर्न सक्ने अवस्था अहिले छैन। क्षमताका आधारमा मात्र भर्ना लिने नीति चीन सरकारको छ। चीनले जम्मा ४५ विश्वविद्यालयमा मात्र विदेशी विद्यार्थी मेडिकल विषयमा भर्ना लिने गरेको छ। त्यसैले विगतको जस्तो अवस्था अहिले छैन।
भाषाको कारणले मेडिकल अध्ययन गर्न नेपालीहरु जान त्यति रुची गरेको देखिदैन नि?
सबैभन्दा पहिले अध्ययन गर्न चाहाने विद्यार्थीहरुले प्रयाप्त जानकारी लिन आवश्यक छ। चीनको शिक्षा मन्त्रालयले हरेक वर्ष विदेशीहरुका लागि मेडिकल अध्ययन गर्न सक्ने विश्वविद्यालयको सूची प्रकाशन गर्ने गरेको छ। बिगत केही वर्ष देखि ४५ मेडिकल कलेजमा विदेशी विद्यार्थीहरुले पढ्न सक्ने गरि सूची निकालेको छ। जसमा सिमित संख्यामा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। अर्को तर्फ सबै विषयमा ६० प्रतिशत बढि नम्बर ल्याउन आवश्यक हुन्छ।
सामान्यत ७० प्रतिशत माथी नम्बर ल्याउनेलाई एमबीबीएसका लागि भर्ना लिने गरेको छ। त्यसैगरि यसै वर्ष देखि चीन सरकारले नयाँ नियम लागु गर्दै चीनले लिने प्रवेश परीक्षा सिएसई एमबीबीएस मेडिकल अध्ययनका लागि अनिवार्य गरेको छ। यदि अहिले १२ कक्षाको परीक्षा दिएका विद्यार्थीहरु जो चीनमा एमबीबीएसअध्ययन गर्न चाहान्छन् उनीहरुले प्रवेश परीक्षा दिन पाउनेछन्। अब यो वर्षको अन्तिम परीक्षा जुन २७ मा रहेको छ। यो प्रवेश परीक्षा अनलाईन मार्फत हुने गरेको छ।
चीनमा अध्ययन गर्न लाग्ने खर्च र छात्रवृत्तिको व्यवस्था कस्तो छ?
चीनमा एमबीबीएसअध्ययनका लागि लाग्ने खर्च तुलनात्मक रुपमा कमै छ। खर्चको अहिलेका सन्दर्भमा हिसाब गर्ने हो भने प्रति वर्ष ७ लाख रुपैया जति हुन आँउछ। यसमा खानाको लागि छुट्टै खर्च हुन्छ। विश्वविद्यालयको क्यान्टिनमा खाना खाएमा विद्यार्थीलाई खर्च कम लाग्ने हुन्छ। शूल्क एकै पटक बुझाउनु पर्दैन। आंशिकरुपमा बुझाउन सकिन्छ। छात्रावृत्तिको सन्दर्भमा पूर्ण छात्रावृत्ति त छैन तर सिमित संख्यामा दिने छात्रवृत्तिमा विश्वभरबाट प्रतिस्पर्दा हुने हुदाँ प्राप्त गर्न निकै कठिन हुन्छ। अर्को तर्फ सेमेस्टेर सकिदै जाँदा विद्यार्थीको क्षमताका आधारमा भने केही न केही छुट प्राप्त गर्न सकिने अवस्था छ।